Logo

प्रमुख समाचार

दुइ वटा संसदीय समितिको बैठक बस्दै



काठमाडौं । दुइ वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।

बिहीबार कृषि तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो ।

कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहन ८ बस्ने भएको छ ।

बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयलाई समितिले समय—समयमा दिएका निर्देशन तथा सुझावहरूको कार्यान्वयन अवस्था सम्बन्धमा र कृषि, वन तथा पर्यावरणसँग सम्बन्धित अन्य समसामयिक विषय छलफल हुने कार्यसूची रहेको छ ।

विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ः१५ बजे बस्ने भएको छ । बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ को मसौदा प्रतिवेदन माथि छलफल हुने कार्यसूची रहेको छ ।

 

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार ०७:२५   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।