Logo

खेलकुद

भारतविरुद्ध क्याम्पबेलको कीर्तिमान, तोडियो ४३ वर्ष पुरानो रेकर्ड



 

काठमाडौं । वेस्ट इन्डिजका ओपनर जोन क्याम्पबेलले भारतविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन् ।

क्याम्पबेलले भारतविरुद्ध ओडीआईमा वेस्ट इन्डिजका ब्याटरमध्ये सबैभन्दा छिटो अर्धशतक र शतक पूरा गर्ने कीर्तिमान बनाएका हुन् ।

उनले बिहीबार भारतविरुद्धको खेलमा २९ बलमै अर्धशतक पूरा गरे । त्यसपछि ६५ बलमा शतक पूरा गर्दै उनले ४३ वर्ष पुरानो कीर्तिमान तोडे ।

यसअघि भारतविरुद्ध ओडीआईमा वेस्ट इन्डिजका तर्फबाट सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान भिभियन रिचर्ड्सको नाममा थियो । रिचर्ड्सले सन् १९८३ मा भारतविरुद्ध ७२ बलमा शतक पूरा गरेका थिए ।

क्याम्पबेलले रिचर्ड्सको उक्त कीर्तिमानभन्दा सात बल कममा शतक पूरा गर्दै नयाँ इतिहास रचेका हुन् ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार ०९:४४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।