काठमाडौं । वेस्ट इन्डिजका ओपनर जोन क्याम्पबेलले भारतविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन् ।
क्याम्पबेलले भारतविरुद्ध ओडीआईमा वेस्ट इन्डिजका ब्याटरमध्ये सबैभन्दा छिटो अर्धशतक र शतक पूरा गर्ने कीर्तिमान बनाएका हुन् ।
उनले बिहीबार भारतविरुद्धको खेलमा २९ बलमै अर्धशतक पूरा गरे । त्यसपछि ६५ बलमा शतक पूरा गर्दै उनले ४३ वर्ष पुरानो कीर्तिमान तोडे ।
यसअघि भारतविरुद्ध ओडीआईमा वेस्ट इन्डिजका तर्फबाट सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान भिभियन रिचर्ड्सको नाममा थियो । रिचर्ड्सले सन् १९८३ मा भारतविरुद्ध ७२ बलमा शतक पूरा गरेका थिए ।
क्याम्पबेलले रिचर्ड्सको उक्त कीर्तिमानभन्दा सात बल कममा शतक पूरा गर्दै नयाँ इतिहास रचेका हुन् ।



















प्रतिक्रिया