काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले ओमानमा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक शृङ्खलाका लागि १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । सन्दीप लामिछानेको कप्तानीमा घोषित टिममा अधिकांश पुरानै अनुहार छन् ।
यसअघि एसीसी प्रिमियर कपमा खेलेको टोलीबाट एक परिवर्तन गरिएको छ भने एक खेलाडी थपिएका छन् । पेस बलर हेमन्त धामीको स्थानमा नन्दन यादव आएका छन् । बाँयाहाते स्पीनर शाहब आलम पनि टिममा आएका छन् ।
ओपनिङ ब्याटर कुशल भुर्तेल र पेस बलर सोमपाल कामी यो शृङ्खलाका लागि पनि टिममा परेनन् । ओपनर अर्जुन कुमाल र आसिफ शेखले टिममा निरन्तरता पाएका छन् ।
लिग २ को यो शृङ्खला अक्टोबर ७ (असोज २१) देखि ओमानमा सुरु हुनेछ ।
नेपालको टोली: सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, अर्जुन कुमाल, इशान पान्डे, देव खनाल, सन्दीप जोरा, बसिर अहमद, गुल्शन झा, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहब आलम, शेर मल्ल



















प्रतिक्रिया