Logo

प्रमुख समाचार

प्रधानमन्त्री बालेनले मंसिरमा भारत भ्रमण गर्ने



काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमणको तयारी तीव्र पारिएको छ।

उच्च सरकारी स्रोतका अनुसार आगामी नोभेम्बरको अन्तिम साता वा डिसेम्बरको पहिलो साता प्रधानमन्त्री शाहले भारत भ्रमण गर्ने गरी तयारी अघि बढाइएको हो।

भ्रमणको मिति भने अहिलेसम्म निश्चित भइसकेको छैन। स्रोतका अनुसार परराष्ट्र मन्त्रालयले भ्रमणको एजेन्डा तय गर्न विभिन्न मन्त्रालयसँग छलफल गरिरहेको छ। मन्त्रालयहरूबाट प्राप्त एजेन्डालाई समेटेर भारत सरकारसँग थप छलफल गर्ने तयारी छ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भोटेकोसी बाढीपछि प्रभावित क्षेत्रको पुनर्निर्माणलाई प्राथमिकतामा राखिने स्रोतले जनाएको छ। यसबाहेक नेपाल–भारत सम्बन्धसँग जोडिएका अन्य विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शाहलाई टेलिफोनमार्फत बधाई दिँदै भारत भ्रमणको निम्तो दिएका थिए। त्यसयता विभिन्न कारणले भ्रमण हुन सकेको थिएन।

अहिले प्रधानमन्त्री शाह भारत भ्रमणका लागि तयार भएपछि परराष्ट्र मन्त्रालयले भ्रमणको तयारीलाई अघि बढाएको हो। मिति, एजेन्डा र भ्रमणको विस्तृत कार्यक्रमबारे नेपाल र भारतका अधिकारीहरूबीच थप छलफल भइरहेको स्रोतले जनाएको छ।

 

प्रकाशित मिति : १८ आश्विन २०८३, आईतवार २०:१२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।