काठमाडौं । रोयल इनफिल्डले सेप्टेम्बर २०२६ मा कुल १ लाख ३३ हजार ९५८ युनिट मोटरसाइकल बिक्री गरेको छ । कम्पनीका अनुसार, यो गत वर्षको सोही अवधिको तुलनामा ७.७५ प्रतिशतले बढी हो ।
कम्पनीको यस वृद्धिमा ३५० सीस सेग्मेन्टमा मोटरसाइकलको बलियो माग मुख्य कारक बनेको छ, जसले ठूला इन्जिन भएका बाइकहरूको बिक्रीमा आएको गिरावटलाई सहजै सन्तुलनमा ल्याएको छ । अघिल्लो महिना अगस्टको तुलनामा समेत सेप्टेम्बरमा रोयल इनफिल्डको कुल बिक्री ५.९१ प्रतिशतले बढेको जनाइएको छ ।
कम्पनीको घरेलु बजार बिक्री तर्फ भारतमा १ लाख २१ हजार ३२६ युनिट बाइक बिक्री भएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.८३ प्रतिशतको वृद्धि हो ।
रोयल इनफिल्डको समग्र बिक्रीमा भारतीय बजारको योगदान करिब ९०.५७ प्रतिशत रहेको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय निर्यात तर्फ पनि उल्लेखनीय सुधार गर्दै सेप्टेम्बर महिनामा १२ हजार ६३२ युनिट मोटरसाइकल निर्यात गरिएका छन्, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा १७.४५ प्रतिशतले बढी हो ।
इन्जिन क्षमताको आधारमा हेर्दा ३५० सीसी सेग्मेन्टका क्लासिक, बुलेट, हन्टर र मिटियोर जस्ता लोकप्रिय मोडलहरूले कुल बिक्रीको ९०.७० प्रतिशत हिस्सा ओगटेका छन् । यो सेग्मेन्टमा वार्षिक १३.०४ प्रतिशतको वृद्धि हुँदै १ लाख २१ हजार ४९५ युनिट बिक्री भएको कम्पनीको भनाइ छ ।
अर्कोतर्फ, ३५० सीसी भन्दा माथिका ठूला बाइकहरू जस्तै हिमालयन, स्क्र्याम, गुरिल्ला र ६५० ट्विन्सको बिक्रीमा भने २६.०४ प्रतिशतको गिरावट आउँदै बिक्री १२ हजार ४६३ युनिटमा खुम्चिएको छ ।




















प्रतिक्रिया