काठमाडौं । सुरक्षासम्बन्धी गोप्य सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन्।
सशस्त्र प्रहरी बलको सिफारिसमा दाहाललाई निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको छ। उनीमाथि लागेको आरोपबारे विस्तृत छानबिन गर्न जाँचबुझ समिति गठन गरिएको छ।
गृह मन्त्रालयका अनुसार दाहालमाथि जाँचबुझका लागि एआईजी अञ्जनीकुमार पोखरेललाई जाँचबुझ अधिकृत तोकिएको छ।
दाहालको पदावधि यही २८ गते सकिँदै थियो। सशस्त्र प्रहरी बलमा एआईजीको पदावधि पाँच वर्षको हुने व्यवस्था छ। चार वर्ष सेवा पूरा भएपछि पदावधि थप गर्न सरकारले निर्णय गर्नुपर्ने हुन्छ।




















प्रतिक्रिया