काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको अवसरमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बधाई तथा शुभकामना दिएका छन्।
मोदी सन् २००१ को अक्टोबरमा पहिलोपटक गुजरातको मुख्यमन्त्री बनेका थिए। मुख्यमन्त्री हुँदै प्रधानमन्त्रीसम्मको आफ्नो २५ वर्षे सार्वजनिक यात्राको अवसरमा उनलाई प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्समार्फत शुभकामना दिएका हुन्।
‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई २५ वर्षको समर्पित सार्वजनिक सेवाका लागि हार्दिक बधाई तथा शुभकामना छ,’ शाहले लेखेका छन्। उनले आगामी दिनमा मोदी र उनको सरकारको निरन्तर सफलता तथा समृद्धिको कामना गरेका छन्।
त्यस्तै, रास्वपा सभापति लामिछानेले पनि मोदीलाई २५ वर्षको सार्वजनिक सेवाको यात्राका लागि बधाई दिएका छन्।
‘प्रधानमन्त्री नरेन्द्र मोदीजीलाई २५ वर्षको समर्पित सार्वजनिक सेवाको उल्लेखनीय यात्राका लागि हार्दिक बधाई तथा शुभकामना,’ लामिछानेले एक्समा लेखेका छन्।
उनले मोदीको नेतृत्वमा भारतले हासिल गरेको रूपान्तरण र तीव्र प्रगति प्रेरणादायी रहेको उल्लेख गरेका छन्। साथै, रास्वपा र आफ्नो व्यक्तिगत तर्फबाट नेपाल–भारतबीचको साझेदारीलाई थप सुदृढ र समृद्ध बनाउन सहकार्य गर्न आफूहरू उत्सुक रहेको बताएका छन्।



















प्रतिक्रिया