काठमाडौं । बिहीबार सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९२ हजार ३ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य आज तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४२५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ३९० रुपैयाँ कायम भएको छ ।



















प्रतिक्रिया