काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १८ प्रतिशत बोनस सेयर दिने भएको छ ।
कम्पनीको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ । कम्पनीले बोनस सेयर वितरण गरेपछि चुक्ता पूँजी बढ्नेछ ।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आगामी साधारणसभामा प्रस्ताव लैजानेछ ।



















प्रतिक्रिया