Logo

बुढानीलकण्ठबाट २२ केजी सुन बरामद



 

काठमाडौं  । काठमाडौंको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ।

प्रहरी उच्च स्रोतका अनुसार बिहीबार बुढानीलकण्ठस्थित चपलीबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुन बरामद गरेको हो।

सुन रहेको सूचना पाएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार मध्याह्नदेखि चपली क्षेत्रमा अपरेसन सञ्चालन गरेको थियो।

प्रहरी स्रोतका अनुसार सुन तस्करीसँग ‘कनेक्सन’ देखिएका केही व्यक्तिलाई समेत प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूको पहिचान र अन्य विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार २०:४४   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।