काठमाडौं । चाडपर्वलाई लक्षित गरी सञ्चालनमा ल्याइएको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य पसलमा दैनिक उपभोग्य वस्तु खरिद गर्ने उपभोक्ताको भीड बढेको छ ।
सुपथ मूल्य पसलमा नुन, चिनी, तेल, दाल र चामललगायत अत्यावश्यक खाद्य सामग्री बजार मूल्यभन्दा सस्तो तथा सहुलियत दरमा उपलब्ध भएपछि उपभोक्ताको उल्लेख्य उपस्थिति देखिएको हो ।
बिहीबार पनि विभिन्न दैनिक उपभोग्य वस्तु खरिद गर्न पुगेका उपभोक्ताको पसल परिसरमा लामो लाइन लागेको थियो । चाडपर्वका बेला बजारमा हुने मूल्यवृद्धिबाट राहत पाउने अपेक्षासहित उपभोक्ता सुपथ मूल्य पसलतर्फ आकर्षित भएका छन् ।



















प्रतिक्रिया