Logo

उपत्यकाभित्रका सबै शाखाबाट ग्लोबल आइएमई बैंकको अमेरिकी डलर सहटी सुविधा



 

काठमाडौं। ग्लोबल आइएमई बैंकले विदेश भ्रमणमा जाने यात्रुका लागि अमेरिकी डलर नगद सटही सुविधा उपलब्ध गराएको छ।

बैंकको नयाँ व्यवस्थाअनुसार विदेश यात्रा गर्नुअघि यात्रुले आफूलाई आवश्यक पर्ने अमेरिकी डलर बैंकका शाखाबाट साट्न सक्नेछन्। यस सुविधाले विदेश जाने यात्रुलाई यात्रा सुरु गर्नुअघि नै अमेरिकी डलरको व्यवस्था गर्न सहज हुने बैंकको अपेक्षा छ।

यो सेवा काठमाडौं उपत्यकाभित्र रहेका ग्लोबल आइएमई बैंकका सबै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ।

डलर सटही सुविधासम्बन्धी थप जानकारीका लागि बैंकको ‘ग्लोबल कनेक्ट’ सेवामार्फत टेलिफोन वा इमेलबाट सम्पर्क गर्न सकिनेछ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार ०७:३९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।