काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–७ मा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ गरिएको छ । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले मंगलबार दुई राउन्ड हवाई फायर गरेर एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिको साथबाट ३०० ग्राम खैरो हेरोइन बरामद भएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहोराले जानकारी दिए ।
पक्राउ परेका व्यक्तिको नाम प्रहरीले खुलाएको छैन ।




















प्रतिक्रिया