Logo

समाचार

भोटेकोशी बाढीपीडितलाई सहयोग जारी राख्ने भिक्षु पञ्ञाकरको भनाइ



काठमाडाैं । थाइल्यान्डका चर्चित भिक्षु पञ्ञाकरले आफुहरु भोटेकोशी बाढी पीडितसँगै रहेको बताएका छन् । बौद्धस्थित सेतो गुम्बामा आज आयोजित एक कार्यक्रममा उनले भोटेकोशी बाढीपीडितका लागि विश्वका विभिन्न स्थानबाट सहयोग संकलन गरी प्रभावित क्षेत्रमा वितरण गरिएको जानकारी दिए ।

भोटेकोशी बाढीमा परी दिवंगत भएकाहरूको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रभावित क्षेत्रका अधिकांश पीडितलाई सहयोग वितरण गर्न सफल भएको बताए । उनले भने, ‘अझै पनि विभिन्न आश्रयस्थलमा रहेका परिवारलाई भोलि र पर्सिसम्म सहयोग वितरण गरिने छ।’

उनले, पुल तथा सडक पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री राहत कोषमा तिस हजार अमेरिकी डलर बराबरको रकम हस्तान्तरण गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलवार १७:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।