काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमिसम्बन्धी कानुन संशोधन गर्नेसम्बन्धी दुई अध्यादेश जारी गरेका छन्।
राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ‘वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेका हुन्।
राष्ट्रपतिको कार्यालयले आज एक सूचना जारी गर्दै दुवै अध्यादेश जारी गरिएको जनाएको छ।




















प्रतिक्रिया