Logo

समाचार

डिलरमार्फत ग्यास खरिद गर्न संघको आग्रह



काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई नजिकको डिलरमार्फत नै एलपी ग्यास खरिद गर्न आग्रह गरेको छ।

एलपी ग्यासको सहज उपलब्धता सुनिश्चित गर्न उपत्यकाका विभिन्न १३ स्थानबाट ग्यास बिक्री वितरणको व्यवस्था मिलाइएको भए पनि उपभोक्तालाई असुविधा भएको भन्दै संघले डिलरमार्फत ग्यास खरिद गर्न अनुरोध गरेको हो।

संघका अध्यक्ष दिवान चन्दले आज विज्ञप्ति जारी गर्दै उपभोक्तालाई आफ्नो नजिकको ग्यास डिलरमा गई सिलिन्डर खरिद गर्न आग्रह गरेका छन्।

यसअघि नेपाल आयल निगम र एलपी ग्यास उद्योग संघको समन्वयमा उपत्यकाका विभिन्न स्थानबाट बजारमा उपलब्ध सबै ब्रान्डका ग्यास सिलिन्डर बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको थियो।

संघले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले सम्बन्धित डिलरमार्फत खरिद गर्न अनुरोध गरेको जनाएको छ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलवार २०:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।