काठमाडौं। चीनसँगको उत्तरी सीमा जोड्ने तातोपानी नाका आजदेखि तीन दिनका लागि खुल्ने भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार दसैंलाई लक्षित गर्दै नाका तीन दिनसम्म सञ्चालनमा ल्याउन लागिएको हो।
मन्त्रालयका अनुसार आजदेखि ३ गतेसम्म नाकाबाट मालवाहक सवारीसाधनलाई मात्र आवतजावतको अनुमति दिइएको छ।
दसैंका लागि आवश्यक सामग्रीको आयातलाई सहज बनाउने उद्देश्यले नाका तीन दिन खुलाउन लागिएको हो।




















प्रतिक्रिया