काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलोपटक खेलेका वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले त्रिवि क्रिकेट मैदानमा आक्रामक ब्याटिङ गरेका छन् ।
चितवन राइनोजविरुद्ध विराटनगर किंग्सबाट खेलिरहेका रसेलले १७ बलमा ३३ रन बनाए । उनले आफ्नो छोटो इनिङ्समा चार छक्का र एक चौका प्रहार गरे ।
आक्रामक ब्याटिङ गरिरहेका रसेललाई कमलसिंह ऐरीले क्याच आउट गराए । ब्याटिङमा आक्रामक देखिएका रसेलले बलिङमा पनि एक विकेट लिँदै अलराउन्ड प्रदर्शन गरे ।




















प्रतिक्रिया