काठमाडौं । समाचार कक्षबाटै पक्राउ परेका तीनै जना पत्रकार रिहा भएका छन्। सञ्चारमन्त्री विक्रम तिमल्सिनाले शुक्रबार राति नियन्त्रणमा लिइएका सबै पत्रकारलाई रिहा गरिएको जानकारी दिएका हुन्।
मन्त्री तिमल्सिनाले सरकार प्रेस स्वतन्त्रताको पक्षमा पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै स्वतन्त्र प्रेस र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ भएको बताएका छन्।
शुक्रबार प्रहरीले पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक शोभराज बराल र डीएनए अनलाइनका पत्रकार धीरज बस्नेतलाई उनीहरू कार्यरत समाचार कक्षबाटै पक्राउ गरेको थियो।
समाचार कक्षबाटै पत्रकार पक्राउ गरिएको घटनाप्रति पत्रकारिता क्षेत्र तथा विभिन्न तहबाट तीव्र विरोध भएको थियो। घटनाले चौतर्फी आलोचना निम्त्याएपछि प्रधानमन्त्री बालेन्द्र शाहले पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न निर्देशन दिएका थिए।
प्रधानमन्त्रीको निर्देशनपछि तीनै जना पत्रकार रिहा भएका हुन्।



















प्रतिक्रिया