बैंकले असोज मसान्तसम्म १ अर्ब १८ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा ४ करोड ५० लाख रुपैयाँमा सीमित थियो। यससँगै बैंकको नाफा एक वर्षको अवधिमा करिब २६ गुणाले बढेको छ।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा सञ्चालन नाफा, प्रतिसेयर आम्दानी तथा अन्य प्रमुख वित्तीय सूचकमा समेत सुधार देखिएको छ।
गत वर्षको पहिलो त्रैमासमा १५ करोड २ लाख रुपैयाँ रहेको सञ्चालन नाफा यस वर्ष बढेर १ अर्ब ६९ करोड ७ लाख रुपैयाँ पुगेको छ।
बैंकको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानीमा भने सामान्य वृद्धि भएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ अर्ब २४ करोड ३१ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब २७ करोड १६ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकले ७ अर्ब ४१ करोड ७१ लाख रुपैयाँ ब्याज आम्दानी गर्दा ४ अर्ब १४ करोड ५४ लाख रुपैयाँ ब्याज खर्च गरेको छ।
त्यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी पनि बढेको छ। गत वर्षको पहिलो त्रैमासमा ५६ करोड ४८ लाख रुपैयाँ रहेको यस्तो आम्दानी यस वर्ष ५९ करोड २१ लाख रुपैयाँ पुगेको छ।
ब्याज तथा शुल्क कमिसन आम्दानीमा भएको वृद्धिसँगै बैंकको कुल सञ्चालन आम्दानी ४ अर्ब ३४ करोड ९४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ४ अर्ब ३१ करोड ६ लाख रुपैयाँ थियो।
बैंकको करअघिको नाफामा पनि उल्लेख्य सुधार देखिएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ९ करोड ८७ लाख रुपैयाँ रहेको करअघिको नाफा चालु आर्थिक वर्षमा बढेर १ अर्ब ६८ करोड ७८ लाख रुपैयाँ पुगेको छ।
नाफा बढेसँगै बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी ९ईपीएस० पनि उल्लेख्य सुधार भएको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा ५३ पैसा रहेको ईपीएस यस वर्ष बढेर १३ रुपैयाँ ८५ पैसा कायम भएको छ।
यसैबीच बैंकले निक्षेप संकलन र कर्जा प्रवाहसमेत विस्तार गरेको छ। असोज मसान्तसम्म बैंकको निक्षेप ५ खर्ब ४० अर्ब ७९ करोड ६९ लाख रुपैयाँ पुगेको छ।
गत आर्थिक वर्षको अन्त्यमा बैंकसँग ५ खर्ब २६ अर्ब ६३ करोड २० लाख रुपैयाँ निक्षेप थियो। यस अवधिमा बैंकको निक्षेप १४ अर्ब १६ करोड रुपैयाँभन्दा बढीले वृद्धि भएको छ।
त्यस्तै, बैंकको कर्जा लगानी ३ खर्ब २२ अर्ब ४१ करोड २० लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको अन्त्यमा यस्तो लगानी ३ खर्ब २१ अर्ब ३४ करोड २० लाख रुपैयाँ रहेको थियो।
बैंकको कुल सम्पत्तिमा पनि वृद्धि भएको छ। गत आर्थिक वर्षको अन्त्यमा ६ खर्ब १३ अर्ब ३४ करोड ४२ लाख रुपैयाँ रहेको कुल सम्पत्ति असोज मसान्तसम्म बढेर ६ खर्ब २९ अर्ब ७ करोड १६ लाख रुपैयाँ पुगेको छ।
वित्तीय विवरणअनुसार बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेको छ। त्यस्तै, जगेडा कोषमा ३९ अर्ब ५९ करोड २० लाख रुपैयाँ सञ्चित छ। यद्यपि, बैंकको सञ्चित मुनाफा भने ५ अर्ब १६ करोड १६ लाख रुपैयाँले ऋणात्मक रहेको छ।




















प्रतिक्रिया