Logo

विविध

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५१३ जनालाई कारबाही



काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५१३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७९, सिसिटिभिमार्फत ३३, रातोबत्तीमा १५ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १४, हर्न निषेधमा ७, लेन क्रसमा ५ एकतर्फीमा ३ र अन्यमा ३५३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलवार ०७:१७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।