Logo

विविध

भाइटीकाको शुभसाइत बिहान ११ः०७ बजे



काठमाडौं । यस वर्षको भाइटीका कात्तिक २५ गते बुधबार परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको तिहारको चाडपर्व तथा साइतसम्बन्धी विवरणअनुसार भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ ।

समितिले जारी गरेको विज्ञप्तिअनुसार भाइटीकाका दिन दाजुभाइ पश्चिम फर्कने र दिदीबहिनीले पूर्व फर्केर टीका लगाइदिनुपर्नेछ ।

समितिले सार्वजनिक गरेको विवरणअनुसार कात्तिक २० गते शुक्रबार धनत्रयोदशी (धन्तेरस) र यमदीपदान, २१ गते शनिबार काग तिहार तथा धन्वन्तरी जयन्ती र २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार तथा लक्ष्मीपूजा परेको छ ।

त्यस्तै, कात्तिक २३ गते सोमबार गाईपूजा, २४ गते मंगलबार गोवद्र्धनपूजा, गोरूपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ । सोही दिन नेपाल संवत् ११४७ प्रारम्भ हुनेछ ।

कात्तिक २५ गते बुधबार यमद्वितीया तथा भाइटीका (किजापूजा) मनाइने समितिले जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलवार १८:४९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।