काठमाडौं । अमेरिकी प्रविधि कम्पनी गुगलले मलेसियाको नेगेरी सेम्बिलान राज्यमा साझा पानी पूर्वाधार निर्माणका लागि १६ करोड अमेरिकी डलर ९करिब २२ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ।
गुगलको यो लगानीबाट निर्माण हुने पानी प्रशोधन केन्द्रले स्थानीय बासिन्दाका साथै कम्पनीले मलेसियाको पोर्ट डिक्सन क्षेत्रमा स्थापना गर्न लागेको डाटा सेन्टरलाई समेत पानी आपूर्ति गर्नेछ।
प्रस्तावित प्रशोधन केन्द्रबाट दैनिक ६ करोड ५० लाख लिटर प्रशोधित खानेपानी उत्पादन तथा वितरण गर्न सकिनेछ। यसले स्थानीय समुदायमा स्वच्छ खानेपानीको पहुँच विस्तार गर्नुका साथै स्प्रिङहिल औद्योगिक पार्कमा निर्माण गर्ने योजनामा रहेको गुगलको डाटा सेन्टरको पानी आवश्यकता पूरा गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
परियोजना सम्पन्न भएपछि उक्त पूर्वाधार नेगेरी सेम्बिलान राज्यको सरकारी सम्पत्ति व्यवस्थापन गर्ने निकाय मेन्टेरी बेसर नेगेरी सेम्बिलान ९इन्कर्पोरेटेड० को स्वामित्वमा रहनेछ।
यसैगरी, गुगलले मलेसियामा स्वच्छ ऊर्जा क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले नयाँ तालिम तथा सीप विकास कार्यक्रम पनि सञ्चालन गर्ने जनाएको छ।





















प्रतिक्रिया