काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ६३ हजार ५२० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
संस्थापक सेयरधनी विष्णुप्रसाद न्यौपानेले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न निवेदन दिएपछि संस्थाले बिक्री प्रक्रिया अघि बढाएको हो।
संस्थाले उक्त सेयर खरिदका लागि पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई दिएको छ। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात तथा प्रमाणसहित संस्थामा आवेदन दिनुपर्नेछ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई संस्थापक समूहमा रहने गरी सेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।





















प्रतिक्रिया