Logo

खेलकुद

एनपिएलमा आज पनि दुई खेल हुने



काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपिएल)मा आज विहीबार पनि दुई खेल हुँदैछ। दिउँसो साढे १२ बजे शुरु हुने खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्ससँग खेल्दैछ ।

जारी प्रतियोगितामा अपुराजित रहँदै शिर्ष स्थानमा रहेको टोली लुम्बिनीले अहिलेसम्म तीन खेल खेलेकोमा दुई खेल जितेको छ । अर्को एक खेल भने बर्षाका कारण रद्द भएर लुम्बिनीले चितवनसँग अंक बाँडेको थियो । लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिमलाई पराजित गरेको थियोभने तेस्रो खेलमा पोखरालाई हराएको थियो ।

यस्तै आज पाँचौं खेल खेल्न लागेको जनकपुरले दुई जित र दुई हार ब्यहोरेको छ। पहिलो खेलमा कर्णालीसँग पराजित भएको जनकपुरले दोस्रो खेलमा काठमाडौंलाई र तेस्रो खेलमा पोखरालाई हराएको थियो । चौथो खेलमा भने विराटनगरसँग २ रनले पराजित भएको जनकपुर आजको खेल जित्दै प्लेअफ यात्रालाई सहज बनाउन चाहन्छ । जनकपुर ४ अंकका साथ तालिकाको चौथो नम्बरमा छ।

आजको दोस्रो खेल विराटनगर किंग्स र घरेलु टोली काठमान्डु गोर्खाजबिच हुने छ । यो खेल साँझ ५ बजेपछि शुरु हुनेछ । खेलेका ४ मध्ये २ खेल जितेको विराटनगर ४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ।

विराटनगर पहिलो खेलमा चितवनसँग र दोस्रो खेलमा कर्णालीसँग पराजित भएको थियो भने तेस्रो खेलमा सुदूरपश्चिम र चौथो खेलमा जनकपुरलाई पराजित गरेको थियो।

काठमाडौंले भने अहिलेसम्म दुई खेलमात्रै खेलेको छ। पहिलो खेलमा जनपुरसँग पराजित भएको काठमाडौँले दोस्रो खेलमा कर्णालीलाई हराएको थियो। काठमाडौँ आज अस्ट्रेलियाका आक्रामक ब्याटर डेभिड वार्नरको मूख्य भरोसामा हुने छ । उनले काठमान्डुका लागि अहिलेसम्म १ खेल मात्र खेलेका छन् । जुन खेलमा उनले १० बलमा १६ रन बनाएका थिए ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहीबार ११:०५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।