Logo

अर्थ

अपि पावरको लाभांश घोषणा, ५ प्रतिशत बोनस सेयर दिने



काठमाडौं । अपि पावर कम्पनीले सेयरधनीहरूलाई ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकले वितरणयोग्य सञ्चित खुद मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

हाल कम्पनीको चुक्ता पूँजी ६ अर्ब ३७ करोड ९७ लाख २४ हजार १९९ रुपैयाँ रहेको छ । यस चुक्ता पूँजीको आधारमा अपि पावरले ३१ करोड ८९ लाख ८६ हजार २०९ रुपैयाँ ९५ पैसा बराबरको बोनस सेयर दिने भएको हो ।

बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि १ करोड ६७ लाख ८८ हजार ७४७ रुपैयाँ ८९ पैसा नगद लाभांश वितरण हुने कम्पनीले जनाएको छ ।

 

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहीबार १२:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।