काठमाडौं । बिहीबार एकैदिन सुनको मूल्य तोलामा १३ हजार ३ सय रुपैयाँ बढेको छ ।
आज सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन २ लाख ७५ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
चाँदीको मूल्यमा पनि उच्च वृद्धि देखिएको छ । आज चाँदी तोलामा २६५ रुपैयाँ बढेर ३ हजार ९२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो ।





















प्रतिक्रिया