Logo

खेलकुद

एनपीएलः पोखराले विराटनगरलाई दियो १३३ रनको लक्ष्य, सन्दीपको ह्याट्रिकसहित ६ विकेट



काठमाडौं।  नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सविरुद्ध पोखरा एभेन्जर्सले १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा सबै विकेट गुमाउँदै १३२ रनमा अलआउट भएको हो। सुरुवातबाटै एकपछि अर्को विकेट गुमाए पनि ओपनर युवराज साम्राले केही सम्हाले पनि अन्य ब्याट्सम्यान नचल्दा पोखरा मध्यम योगफलमा समेटियो ।

क्यानेडेली ब्याटर साम्राले ४७ बलमा ५ छक्का र ७ चौकाको मद्दतमा ८४ रन बनाए।

धनन्जय लक्षणले २२ र सन्नी बिक १२ रनमा आउट भए भने अन्य कुनै ब्याटरले दोहोरो अंकका स्कोर गर्न सकेनन्।

विराटनगरका कप्तान सन्दीप लाछिानेले ह्याट्रिकसहित ६ विकेट लिए। पोखरा एभेन्जर्सविरुद्ध उनले १५औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्।

१४.३ ओभरमा ओपनर युवराज साम्रालाई ८४ रनमा आउट गराएका उनले १४.४ ओभरमा पोखराका क्याप्टेन चामिका करुनारत्ने र १४.५ ओभरमा किरण ठगुन्नालाई गोल्डेन डकआउट गराउँदै नेपाली राष्ट्रिय टोलीका क्याप्टेन सन्दीपले ह्याट्रिक पूरा गरेका हुन्।

योसँगै उनी एनपीएलको जारी सिजन ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। ५ विकेटको आँकडा पूरा गर्ने पनि सन्दीप पहिलो खेलाडी हुन्। उनले सन्नी बिकलाई १२, अर्जुन घर्तीलाई ५ र रमेश मेन्डिसलाई शुन्य रनमा आउट गराए।

थप विकेट भने एङ्गेलो म्याथ्युज, चारिथ असलंका र रुपेश सिंहको नाममा रह्यो।

पाँच खेलको समाप्तिमा छैठौं स्थानमा रहेको विराटनगरको ४ अंक छ भने पुछारमा रहेको पोखराको मात्र २ अंक छ। प्लेअफको सम्भावना कायमै राख्न विराटनगरलाई आज जित्नै पर्ने दबाब छ।

आजको खेलमा पोखरा विजी भएक अंक तालिकाको शीर्ष स्थानमा रहेका काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोएल्सले प्लेअफमा स्थानमा बनाउनेछन्।

प्रकाशित मिति : २६ कार्तिक २०८३, बिहीबार १४:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।