Logo

समाचार

छठ पर्वका अवसरमा सोमबार पनि सार्वजनिक बिदा घोषणा



काठमाडौं । सरकारले छठ पर्वको भोलिपल्ट अर्थात् कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सोमबार सार्वजनिक बिदा थप गरिएको जानकारी दिएको हो।

यसअघि सरकारले कात्तिक २९ गते आइतबार छठ पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। छठ पर्वमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर व्रत सुरु गर्ने र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत समापन गर्ने परम्परा रहेकाले थप एक दिन बिदा दिइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनाअनुसार अब छठ पर्वका अवसरमा आइतबार र सोमबार लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार १४:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।