काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय टोलीसँग छलफल गरेका छन्।
शुक्रबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा भ्रमणको तयारी, एजेन्डा र नेपाल–चीन सम्बन्धका विषयमा कुराकानी भएको हो।
रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार प्रधानमन्त्री बालेनले नेपाल र चीनबीचको सम्बन्धलाई थप मजबुत बनाउन भ्रमण फलदायी हुने विश्वास व्यक्त गरेका थिए।
प्रधानमन्त्रीले व्यापार, व्यवसाय, प्रविधि, पर्यटन र कृषिलगायत क्षेत्रमा चीनसँग सहकार्य विस्तार गरी नेपालले अधिकतम लाभ लिनुपर्नेमा जोड दिएका थिए। उनले चीनको आर्थिक विकास र प्रविधिबाट नेपालले सिक्न सक्ने विषयलाई भ्रमणमा प्राथमिकता दिनसमेत सुझाव दिएका छन्।
रास्वपा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय संसदीय प्रतिनिधिमण्डल आगामी आइतबार चीन प्रस्थान गर्ने कार्यक्रम छ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा हुन लागेको भ्रमणका क्रममा टोलीले बेइजिङ, हाङचोउ र सिचुवानलगायत स्थानको भ्रमण गर्नेछ।
भ्रमणमा सुशासन, आर्थिक विकास, सरकारी सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा नेपाल–चीन सम्बन्धका विविध पक्षमा अनुभव आदानप्रदान गर्ने कार्यक्रम रहेको छ।





















प्रतिक्रिया