Logo

प्रमुख समाचार

राहदानी विभाग छठ पर्वका दिन पनि खुला रहने



काठमाडौं । छठ पर्वका अवसरमा सार्वजनिक बिदा भए पनि राहदानी विभागले नियमित सेवा सञ्चालन गर्ने भएको छ।

विभागका महानिर्देशक दीपक विश्वकर्माका अनुसार सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै कात्तिक ३० गते सोमबार विभाग खुला राखिनेछ।

उक्त दिन बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म अन्य कार्यदिनमा जस्तै राहदानीसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध हुने विभागले जनाएको छ।

सार्वजनिक बिदाका कारण राहदानी सेवा लिन आउने सेवाग्राहीलाई असुविधा नहोस् भन्ने उद्देश्यले बिदाको दिन पनि सेवा सञ्चालन गर्ने निर्णय गरिएको विभागले स्पष्ट पारेको छ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार १९:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।