काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई हराएको छ ।
१५४ रनको लक्ष्य पछ्याएको चितवनले १२९ रन मात्रै बनाउन सक्यो । जसमा कमिल मिसराले २५, उसमा मिरले २८ रन बनाए ।
कर्णालीका हुसैन तलतले ३, पवन सराफ र मार्क वाटले २/२ विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५३ रन बनायो । जसमा हुसैन तलतले ५१, अरिफूल स्लामले ३५ रनको योगदान गरे ।
चितवनका कमलसिंह ऐरी, उसमा मिर, सलाउद्दिन खानले २/२ विकेट लिए । चितवन यसअघि नै प्लेअफमा सुरक्षित छ भने कर्णाली बाहिरिसकेको छ ।
यसैगरी आज साँझ ५ बजे हुने दोस्रो खेलमा काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्स आमने सामने हुनेछन् ।
प्लेअफमा स्थान सुरक्षित गरिसकेको काठमाडौं अंक तालिकाको तेस्रो स्थानमा छ । पोखरा भने अंक तालिकाको पुछारमा छ ।





















प्रतिक्रिया