काठमाडौँ । छठ पर्वका लागि भक्तपुरको कमलविनायकस्थित पोखरीलाई सिंगारिएको छ । व्रतालु तथा भक्तजनको सहजताका लागि पोखरी परिसरमा छठ घाट निर्माण गरी पूजाको तयारी गरिएको छ ।
छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गर्ने परम्परा छ । यस अवसरमा पोखरी, नदी तथा जलाशयका किनारमा व्रतालु र भक्तजनको घुइँचो लाग्ने गर्छ । छठको मुख्य पूजा आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर सुरु हुनेछ भने भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि व्रत समापन गरिन्छ ।





















प्रतिक्रिया