Logo

अटो

अब विद्युतीय गाडी चार्ज गर्न घण्टौँ कुर्नु नपर्ने! ९९ सेकेन्डमै ब्याट्री फेर्न सकिने प्रविधि सार्वजनिक



काठमाडौँ ।अब विद्युतीय गाडी चार्ज गर्न घण्टौँ कुर्नु नपर्ने! ९९ सेकेन्डमै ब्याट्री फेर्न सकिने प्रविधि सार्वजनिक भएको छ। चिनियाँ अटोमोबाइल कम्पनी BAIC ले आफ्नो Arcfox ब्रान्डअन्तर्गत दुई नयाँ विद्युतीय कार सार्वजनिक गरेको छ।

यी कारमा विश्वकै ठूलो ब्याट्री उत्पादकमध्येको CATL ले विकास गरेको ब्याट्री स्वापिङ प्रविधि प्रयोग गरिएको छ। यो प्रविधिबाट गाडीको सकिएको ब्याट्री निकालेर ९९ सेकेन्डमै पूर्ण चार्ज भएको ब्याट्री जडान गर्न सकिन्छ।

अर्थात् अब गाडी चार्ज गर्न घण्टौँ कुर्नुपर्ने बाध्यता हट्न सक्छ। कम्पनीले Arcfox Beta S3 र Beta T1 गरी दुई मोडेल बजारमा ल्याएको हो। यी कारको सुरुवाती मूल्य क्रमशः ७८ हजार ८०० र ५२ हजार चिनियाँ युआन छ। कम्पनीका अनुसार Beta S3 ले एकपटकको ब्याट्रीमा चीनको CLTC परीक्षण मापदण्डअनुसार ५३५ किलोमिटरसम्म यात्रा गर्न सक्छ।

यसमा LiDAR सेन्सरसहितका चालक सहायता प्रणाली पनि उपलब्ध छन्। अझ रोचक कुरा, ग्राहकले ब्याट्री किन्नैपर्ने छैन। मासिक ३९९ युआनदेखि ब्याट्री भाडामा लिन सक्ने सुविधा पनि छ। CATL ले सन् २०२६ को अप्रिलसम्म चीनका ९९ सहरमा १ हजार ४७० भन्दा बढी ब्याट्री स्वापिङ स्टेसन सञ्चालनमा ल्याइसकेको छ।

वर्षको अन्त्यसम्म यो संख्या ३ हजारभन्दा बढी पुर्‍याउने कम्पनीको योजना छ। तर प्रश्न छ—यो प्रविधि नेपालमा पनि सम्भव छ? चार्जिङ स्टेसनमा घण्टौँ कुर्नुपर्ने समस्याको विकल्प बन्न सक्ने यो प्रविधिका लागि भने एउटै मापदण्डका ब्याट्री र पर्याप्त स्वापिङ स्टेसन आवश्यक पर्छन्। विद्युतीय सवारीको भविष्य अब चार्जिङमा मात्र होइन, ब्याट्री फेर्ने प्रविधिमा पनि निर्भर हुन सक्ने देखिएको छ।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार १३:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।