काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ मा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरी कार जित्ने दौडमा अगाडि देखिएका छन्। विराटनगर किंग्स लिग चरणबाटै बाहिरिएपछि लोकेश बमलाई उछिन्दै दीपेन्द्रको कार जित्ने सम्भावना बलियो बनेको छ।
दीपेन्द्रले सात खेलमा दुई अर्धशतकसहित १५० रन बनाएका छन्। नेपाली ब्याटरमध्ये सर्वाधिक रन बनाउने सूचीमा उनी तेस्रो स्थानमा छन्। ब्याटिङसँगै बलिङमा पाँच विकेट र फिल्डिङमा समेत उनले प्रभावशाली प्रदर्शन गरेका छन्।
उनकै कप्तानीमा सुदूरपश्चिम प्लेअफमा पुगिसकेको छ। अब प्लेअफमा पनि आफ्नो उत्कृष्ट प्रदर्शन कायम राख्दै दीपेन्द्रले कार जित्लान् त? एनपिएलको कार पुरस्कार कसले जित्ला?





















प्रतिक्रिया