काठमाडौँ। एनपीएलको प्लेअफ सुरु हुनुअघि नै सुदूरपश्चिम रोयल्सलाई ठूलो झट्का लागेको छ। टोलीका महत्वपूर्ण अलराउन्डर स्कटल्यान्डका ब्रान्डन म्याकमुलेनले प्लेअफका खेल गुमाउने भएका छन्।
म्याकमुलेन यूएईमा आयोजना हुने इन्टरनेसनल लिग टी–२० अर्थात् आईएलटी२० खेल्न टोली छाडेर गएका हुन्। उनले यस सिजन एनपीएलमा सुदूरपश्चिमका लागि ६ खेल खेल्दै १२४ रन बनाएका थिए। यद्यपि, पछिल्लो खेलमा भने उनी शून्य रनमै आउट भएका थिए।
प्लेअफको तयारीमा रहेको सुदूरपश्चिमले अब म्याकमुलेनबिनै मैदानमा उत्रनुपर्नेछ। उनको अनुपस्थितिले टोलीको ब्याटिङ र अलराउन्ड क्षमतामा असर पर्न सक्ने देखिएको छ। के म्याकमुलेनबिनै सुदूरपश्चिम उपाधि यात्रामा अघि बढ्न सक्ला?





















प्रतिक्रिया