Logo

अर्थ

राष्ट्रिय झण्डासहितको पार्क बनाउन बन्दीपुरमा देउसीभैलोबाट साढे तीन लाख संकलन



तनहुँ ।बन्दीपुर गाउँपालिका–१ तल्लोटारमा निर्माणाधीन राष्ट्रिय झण्डा पार्कलाई पूर्णता दिन स्थानीयवासीले देउसीभैलो अभियान सञ्चालन गरेका छन्। अभियानबाट हालसम्म ३ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम संकलन भएको छ।

पार्क निर्माणका लागि आवश्यक आर्थिक स्रोत जुटाउने उद्देश्यले स्थानीयवासीले बन्दीपुरका विभिन्न स्थानमा देउसीभैलो खेलेर सहयोग संकलन गरिरहेका छन्। राष्ट्रिय झण्डाको महत्त्व र पार्क निर्माणको उद्देश्यबारे जानकारी गराउँदै उनीहरू बजार तथा आसपासका क्षेत्रमा पुगेका छन्।

झण्डा पार्क निर्माण समितिका सचिव टीकाराम गिरीले जिल्लाका विभिन्न स्थानमा पुगेर अभियान सञ्चालन गरिने बताए। अभियानअन्तर्गत सोमबार तनहुँको सदरमुकाम दमौलीमा राष्ट्रिय झण्डा प्रदर्शनसहित देउसीभैलो खेलिएको थियो।

निर्माण समितिका संयोजक शेरबहादुर रानाका अनुसार पार्क निर्माणका लागि आवश्यक रकम जुटाउन अभियान सञ्चालन गरिएको हो। उनका अनुसार पार्क निर्माणका क्रममा हालसम्म १५ लाख रुपैयाँभन्दा बढीको काम स्थानीयवासीको श्रमदानबाट सम्पन्न भइसकेको छ।

पार्कमा ६७ फिट अग्लो स्तम्भ निर्माण गरी ४५ फिट लम्बाइ र ३० फिट चौडाइको राष्ट्रिय झण्डा फहराउने योजना छ। स्थानीयवासीको सामूहिक सहभागिता र श्रमदानबाट निर्माण कार्य अघि बढाइएको भए पनि आर्थिक स्रोतको अभाव चुनौतीका रूपमा रहेको समितिले जनाएको छ।

पृथ्वीराजमार्ग नजिकै निर्माण भइरहेको पार्कलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसमेत राखिएको छ। पोखरा र काठमाडौं आवतजावत गर्ने यात्रु तथा पर्यटकले सहजै अवलोकन गर्न सक्ने भएकाले पार्कले बन्दीपुरको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

निर्माण सम्पन्न भएपछि पार्क स्थानीयवासीसँगै बन्दीपुर भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ आकर्षण बन्ने विश्वास गरिएको छ। बन्दीपुर गाउँपालिका–१ तल्लोटारमा निर्माणाधीन राष्ट्रिय झण्डा पार्कलाई पूर्णता दिन स्थानीयवासीले देउसीभैलो अभियान सञ्चालन गरेका छन्। अभियानबाट हालसम्म ३ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम संकलन भएको छ।

पार्क निर्माणका लागि आवश्यक आर्थिक स्रोत जुटाउने उद्देश्यले स्थानीयवासीले बन्दीपुरका विभिन्न स्थानमा देउसीभैलो खेलेर सहयोग संकलन गरिरहेका छन्। राष्ट्रिय झण्डाको महत्त्व र पार्क निर्माणको उद्देश्यबारे जानकारी गराउँदै उनीहरू बजार तथा आसपासका क्षेत्रमा पुगेका छन्।

झण्डा पार्क निर्माण समितिका सचिव टीकाराम गिरीले जिल्लाका विभिन्न स्थानमा पुगेर अभियान सञ्चालन गरिने बताए। अभियानअन्तर्गत सोमबार तनहुँको सदरमुकाम दमौलीमा राष्ट्रिय झण्डा प्रदर्शनसहित देउसीभैलो खेलिएको थियो।

निर्माण समितिका संयोजक शेरबहादुर रानाका अनुसार पार्क निर्माणका लागि आवश्यक रकम जुटाउन अभियान सञ्चालन गरिएको हो। उनका अनुसार पार्क निर्माणका क्रममा हालसम्म १५ लाख रुपैयाँभन्दा बढीको काम स्थानीयवासीको श्रमदानबाट सम्पन्न भइसकेको छ।

पार्कमा ६७ फिट अग्लो स्तम्भ निर्माण गरी ४५ फिट लम्बाइ र ३० फिट चौडाइको राष्ट्रिय झण्डा फहराउने योजना छ। स्थानीयवासीको सामूहिक सहभागिता र श्रमदानबाट निर्माण कार्य अघि बढाइएको भए पनि आर्थिक स्रोतको अभाव चुनौतीका रूपमा रहेको समितिले जनाएको छ।

पृथ्वीराजमार्ग नजिकै निर्माण भइरहेको पार्कलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसमेत राखिएको छ। पोखरा र काठमाडौं आवतजावत गर्ने यात्रु तथा पर्यटकले सहजै अवलोकन गर्न सक्ने भएकाले पार्कले बन्दीपुरको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

निर्माण सम्पन्न भएपछि पार्क स्थानीयवासीसँगै बन्दीपुर भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ आकर्षण बन्ने विश्वास गरिएको छ।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार २१:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।