Logo

समाचार

त्रिविको एन्टि–प्लेजारिजम नियमविरुद्धको रिटमा सर्वोच्चको कारण देखाउ आदेश



काठमाडौं । त्रिभुवन विश्वविद्यालयले लागू गरेको ‘एन्टि–प्लेजारिजम सफ्टवेयर व्यवस्थापन तथा सञ्चालनसम्बन्धी नियम, २०८०’ विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा कारण देखाउ आदेश जारी भएको छ।

न्यायाधीश डा. रत्नबहादुर बागचन्दको एकल इजलासले विवेक चौधरीसमेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सरकार र त्रिभुवन विश्वविद्यालयलगायत विपक्षीका नाममा १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो।

सर्वोच्चले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा दुवै पक्षलाई छलफलका लागि बोलाउँदै आगामी मंसिर १४ गतेका लागि पेसीसमेत तोकेको छ।

रिट निवेदकहरूले एआईसम्बन्धी स्पष्ट कानुन र आधिकारिक मापदण्ड नभएको अवस्थामा विदेशी निजी सफ्टवेयरले देखाउने अनुमानित ‘लाइक्ली एआई–जेनेरेटेड’ प्रतिशतका आधारमा विद्यार्थीका शोधपत्र तथा क्लिनिकल रिपोर्ट अस्वीकार गर्नु प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको दाबी गरेका छन्।

सफ्टवेयरले कुनै लिखतलाई एआईबाट तयार भएको देखाएकै आधारमा विद्यार्थीलाई आफ्नो सफाइ पेस गर्ने अवसरसमेत नदिई दण्डित गर्ने गरिएको रिटमा उल्लेख छ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार १७:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।