Logo

Sports

कोशीसँग ४–१ ले हार्‍यो लुम्बिनी



सुर्खेत । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई ४–१ गोल अन्तरले पराजित गरेको छ।

शुक्रबार बिहान भएको प्रतियोगिताको सातौँ खेलअन्तर्गत पहिलो खेलमा कोशीले लुम्बिनीमाथि सहज जित निकालेको हो।

कोशीका लागि मिलन राईले १२औँ र ३२औँ मिनेटमा दुई गोल गरे। त्यस्तै, अमित सन सतारले १४औँ तथा सौरभ लिम्बुले ६४औँ मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार १४:०७   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।