Logo

शेयर बजार

शेयर बजारमा आज पनि गिरावट, नेप्से ८.५७ अंकले घट्दा ४ अर्ब ८२ करोडको कारोबार



काठमाडौं । आज साताको अन्तिम कारोबार दिन पनि शेयर बजार घटेको छ । नेप्से परिसूचक ८.५७ अंकले घटेर २६२८.१७ को विन्दुमा बन्द भएको छ ।
आज ३५३ कम्पनीको १ करोड ३१ लाख ९८ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८२ करोड माथिको शेयर कारोबार भएको छ । आज ५९ कम्पनीको शेयर मूल्य बढेको छ भने २०३ कम्पनीको घटेको छ ।
आज सबैभन्दा धेरै लक्ष्मी सनराइज क्यापिटलको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको २१ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालय ऊर्जा विकास कम्पनीको १५ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस बैंकका लगानीकर्ताले ६.०८ प्रतिशतका दरले कमाएका हुन् । माण्डु हाइड्रोका लगानीकर्ताले ४ .७६ प्रतिशतका दरले कमाएका छन् । बेष्ट फाइनान्सका लगानीकर्ताले ४.३० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सोपान फर्मास्युटिकल्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५.३७ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार १५:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।