काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडका दुई संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ३३ हजार ३४८ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन्।
कम्पनीका अनुसार संस्थापक सेयरधनी शुशिल काजी बानियाले ७ हजार २० कित्ता र शारदा (न्यौपाने) कणेलले २६ हजार ३२८ कित्ता सेयर बिक्री गर्न लागेका हुन्।
उक्त सेयर खरिद गर्न इच्छुक संस्थाका विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मिति मंसिर १३ गतेदेखि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। त्यसका लागि कम्पनीको केन्द्रीय कार्यालय गैँडाकोट–५, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा आवश्यक विवरणसहित लिखित निवेदन पेस गर्नुपर्ने कम्पनीले जनाएको छ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट खरिदका लागि आवेदन नपरेमा प्रचलित कानुनी व्यवस्थाअनुसार अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ। यसका लागि बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनबमोजिम प्रक्रिया पूरा गरिनेछ।




















प्रतिक्रिया