Logo

अर्थ

आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न निलगंगा हाइड्रोपावरले बोलायो साधारण सभा



काठमाडौं । निलगंगा हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव अघि सारेको छ। उक्त प्रस्ताव पारित गर्न कम्पनीले आगामी पुस १२ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ।

काठमाडौं महानगरपालिका–३२ मा दिउँसो २ बजे बस्ने सभामा आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव मुख्य कार्यसूचीका रूपमा पेस हुनेछ।

कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एन्ड क्लियरिङलगायत सम्बन्धित निकायबाट आवश्यक अनुमति तथा स्वीकृति लिने प्रस्ताव सभामा पेस गर्नेछ।

त्यस्तै, निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने र सेयर सूचीकरण तथा अभौतिकीकरणसम्बन्धी प्रक्रिया अघि बढाउने प्रस्ताव पनि रहेको छ। यी सबै प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई आवश्यक अख्तियारी दिने प्रस्तावसमेत सभामा पेस हुनेछ।

यसैगरी, सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्ने प्रस्ताव रहेको छ। आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने र आयोजना निर्माणका क्रममा गरिएका सम्झौताहरू अनुमोदन गर्ने प्रस्ताव पनि साधारण सभाको कार्यसूचीमा समावेश गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित मिति : १३ मंसिर २०८३, आईतवार ०९:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।