Logo

प्रमुख समाचार

नेपाल बन्दमा महेन्द्र राजमार्गको बिच सडकमा शंकास्पद प्रेसर कुकर बम फेला



नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले घोषणा गरेको आज नेपाल बन्दमा महेन्द्र राजमार्गको बिच सडकमा शंकास्पद प्रेसर कुकर बम फेला परेको छ । बर्दियाको बाँसगढी नगरपालिका बडा नं ३ स्थित डुडुवा खोला नजिक राजमार्गको बिच बाटोमा ३.३० बजेको समयमा शंकास्पद प्रेसर कुकर रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

स्थानीयले खवर गर्ने साथ प्रहरीको टोली शंकास्पद प्रेसर कुकर रहेको स्थानमा पुगेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीले जानकारी दिए । शंकास्पद बस्तु बम भएको हुन सक्ने उपरीक्षक मैनालीले भने । प्रेसर कुकर विप्लव समुहले राखेको हुन सक्ने समेत मैनालीले बताए।

शंकास्पद प्रेसर कुकर राजमार्गको बिच सडक मै भए पछि पैदल आउजाउ पनि समस्या भएको छ । न्युन रुपमा सवारी सुचारु भए पनि राजमार्गमा संकास्पद प्रेसर कुकर भेटिएपछि यातायात ठप्प भएको छ ।

शंकास्पद प्रेसर कुकर बम भएको हुन सक्ने देखिएकोले नेपाली सेनालाई खवर गरिएको र केहि समयमा नेपालगंजबाट नेपाली सेनाको टोलिले संकास्पद बस्तु डिस्पोज गर्ने समेत प्रमुख मैनालीले बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार १३:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।