Logo

राजनीति

विप्लव पार्टीका नेता कार्यकतालाई आजिवन कैद हुन सक्ने



नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सरकारले प्रतिबन्ध लगाएपछि पक्राउ परेका नेता तथा कार्यकर्तालाई राज्यविरुद्धको अपराध मुद्दामा कानूनी कारबाही सुरु भएको छ । राज्यविरुद्धको अपराधका मुद्दामा आजिवन कैद सजाय हुन सक्ने फौजदारी अपराध संहिता ऐनमा उल्लेख छ ।

शुक्रबार पक्राउ परेका पार्टीका पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जिवन्त’लाई प्रहरीले राज्यविरुद्धको अपराध मुद्दामा कारबाही अघि बढाएको हो । उनलाई जिल्ला अदालत काठमाडौंले पाँच दिन थुनामा राख्न म्याद दिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

विप्लवका नेतामाथि पहिलो पटक राज्यविरुद्धको अपराध चलेको हो । यसअघि बिष्फोट तथा ज्यान मुद्दा चलेको थियो । काठमाडौं परिसरका एक अधिकारीले सरकारले प्रतिबन्ध लगाएपछि गृह मन्त्रालयकै निर्दशेनमा राज्यविरुद्धको कसुर मुद्दा चलाएको बताए ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आईतवार १५:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।