संवाद समूह सिन्धुलीको समन्वय तथा सहजीकरणमा सिन्धुली जिल्ला स्तरीय नेपाली काँग्रेस नेतृत्वसँग दिगो विकास, संघियता संस्थागत र उठेका सवाल विषयमा एक दिने संवाद कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा पार्टी सभापति उज्जवल प्रसाल बराल लगायत कांग्रेसका जिल्ला नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्थानीय सरकारको काम कार्वाही, विकास निर्माण, सुशासन, धरान–चतरा–हेटौँडा सडक लगायत राजमार्ग पुनःनिर्माणका विषयमा समेत छलफल भएको थियो ।
छलफलमा समसामयिक र उठेका विषयहरुको सर्वपक्षिय छलफल हुनुपर्ने र विकासको बाटो तयार गर्नुपर्ने उपस्थित वक्ताहरुले धरणा राखेका थिए । साथै, कार्यक्रममा समस्या केन्द्रमा नभई स्थानिय स्तरमा भएकोले नागरिक नेतृत्व, निर्वाचित जनप्रतिनिधि तथा कर्मचारी प्रशासनबिच संवाद गर्न आवश्यक रहेको जानकारी गराएका थिए ।
श्रोत र साधनको प्रयोग उपयोगिता कर तथा राजश्व जस्ता विषयमा समेत छलफल भएको थियो । आगामी दिनमा यस्ता उठेका सवालमा सर्वपक्षिय सरोकारवालाहरको उपस्थितिमा संवाद कार्यक्रम निरन्तर जारी राख्ने जानकारी संवादकर्ता विराज शर्माले जानकारी गराए । यसअघि संवाद समूहले नेकपाका जिल्ला नेताहरुसँग पनि संवाद गरेको थियो ।




















प्रतिक्रिया