Logo

स्वास्थ्य

बेल्जियममा साढे २ महिना अर्ध लकडाउन गर्ने सरकारको निर्णय



 बेल्जियमले कोरोना भाइरसको फैलावट रोक्नको लागि हालको तालाबन्दीका उपायहरुलाई केही अनुकूल पारेको छ। प्रधानमन्त्री अलेक्ज्याण्डर डे क्रोओले शुक्रबार सरकारको निर्णय पेश गर्दै प्रेस सम्मेलनको घोषणा गरेका छन् ।

हरेक नयाँ बर्षमा देशभरी आतिसबाजी सहित पटाका पड्काउने परम्परालाई कोरोना महामारीका कारण प्रतिबन्ध गरिएको छ, भने आतिथ्य क्षेत्रको बार, क्याफे, रेस्टुरेन्ट र अन्य व्यवसायहरू पनि कम्तिमा फेब्रुअरी १ सम्म बन्द रहनेछन् । कपाल काट्ने शैलुनहरू र ब्यूटीपार्लरहरू जस्ता सम्पर्क व्यवसायहरूमा पनि बन्द हुनेछन तर आगामी जनवरी १५ मा पुनबरालोकन गरि थपघट गरिने छ ।

‘हाम्रो देशको अवस्था केही हप्ता अघि भन्दा राम्रो छ, – डे क्रोले भने। “हामीले धेरै नै खतरनाक प्रवृत्तिलाई उल्ट्याउन सफल भएका छौं। जे होस्, यो अब लगातार लगनशीलता, र विगतको प्रयास जारी राख्ने सवाल हो” – प्रधानमन्त्री अलेक्ज्याण्डर डे क्रोओले भने ।

‘भाइरसको फैलाहट अझै धेरै व्यापक छ। यदि हामी अहिले होशियार भएनौं भने हामी यी सबै प्रयत्नहरूलाई जोखिममा राख्दैछौं” – डे क्रोले भने । त्यसकारण हामीले जाडो महिना नजिकिँदै जाँदा सचेत रहने निर्णय गरेकाे उहाँले बताउनुभयाे ।

सबै पसलहरू १ डिसेम्बरदेखि फेरि खोल्न अनुमति दिइनेछ । तर सबै कुरा उत्तरदायी रूपमा हुनुपर्दछ । रमाइलो-विलासिताको किनमेल गर्न अनुमति छैन, व्यक्ति एक्लै किनमेल गर्नुपर्दछ र अधिकतम ३० मिनेटको लागि मात्र पसलमा रहन सकिने छ । आधारभूत नियमहरूको हर समय सम्मान गर्नुपर्दछ।

सहरहरू र नगरपालिकाहरू, व्यापारी र दुकानदारहरूको साथसाथै किनमेल सडकहरूमा सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेछ। “यदि हामीले यो उपायहरू बेवास्ता गरे फेरी संक्रमित बढ्नेछ” –  प्रधानमन्त्री डे क्रोले भने । अब  तेस्रो छाल आउने र जुन दोस्रो भन्दा पनि उच्च हुने उहाँले भन्नुभयाे ।

महान चाड क्रिसमसको लागि बाहिरको २ जनालाई मात्र बोलाउन पाइनेछ । कर्फ्यु राति १० बजे देखि बिहान ६ बजे सम्म यथावत रहनेछ । सभा सम्मेलन प्रतिबन्धित अबस्था कायम रहनेछ ।

आतिशबाजी प्रदर्शनहरू देशभरि नयाँ वर्षको पूर्वसंधमा प्रतिबन्धित हुनेछ । रेड जोनहरूमा यात्रा, जस्तै स्कीइ खेल्ने वीन्टर होलिडे प्रतिबन्धित गरिएकोछा भने अध्यागमनमा ब्यापक कडाई गरिनेछ।

संघीय स्वास्थ्यमन्त्री फ्रान्क भान्डनब्रुकले भने, “हामी अझै आँधीबेहरीको बिचमा छौं।”  बेल्जियमले प्रतिदिन नयाँ कोरोनाभाइरस संक्रमणको संख्या घटीरहेको छैन । यो प्रश्न उठ्छ कि हामी आँधीबेहरीबाट सुरक्षित दूरीमा कहिले हुनेछौं। सग्रहालय र पौंडी पोखरी पनि उनीहरूको सेक्टर प्रोटोकलहरू हेरेर खोल्न सक्छन्।

यूरोपको राजधानी ब्रसेल्स बेल्जियममा गत मार्चबाट लगातार लक् डाउन रहेको छ भने बिचमा केही महिना सबै क्षेत्र खुला गरिएको थियो फलत दैनिक २४ हजार तलामाथि संक्रमित बढेको थियो ।

जबकी १ करोड १६ लाख जनसंख्या रहेको बेल्जियममा ५ लाख ७४ हजार संक्रमित भएका छन् भने झन्डै १६ हजार ५ सयको निधन भै सकेको छ । ५ लाख २० हजार जनाको केस अझै एक्टिभ रहनु दुखद छ भने निको हुन को संख्या केवल ३७ हजार मात्र रहेको छ । जनसंख्याको अनुपातमा मृत्यू हुनेको आंकडा यूरोपभरी मै पहिलो स्थानमा रहेको छ बेल्जियमको ।

गैर आबासीय नेपाली संघका अनुसार बेलायतपछि युरोपभरी मै धेरै नीजि निबास सहित स्थायी रूपमा बसोबास गर्ने नेपालीहरू रहेको बेल्जियममा समेत हजारौँको संख्यामा रोजगारी गुमाएको अबस्था छ ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आईतवार १७:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।