धानमन्त्री खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारले गत वर्ष २०७५/०७६ को बजेटमा वृद्ध भत्ता नबढाएपछि चौतर्फी आलोचना भएको थियो ।वृद्धवृद्धाहरू निराश हुनुका साथै नेकपा पार्टीलाई अर्थमन्त्री युवराज खतिवडाको चर्को विरोध भएको हो ।
तत्काल बृद्धभत्ता बढ्ने आश गरेका वृद्धवृद्धाहरूहरू निराश भएकाछन् ।यसपालिको बजेटमा वृद्ध भत्ता बढ्ने आशा गरेर बसेका जेष्ठ नागरिकहरूलाई सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको भनाइबाट जेष्ठ नागरिकहरू निराश भएका हुन् ।
सरकारले जेष्ठ नागरिकहरूलाई वृद्धभत्ता बापत मासिक दुई हजार रुपियाँ उपलब्ध गराउँदै आइरहेको छ ।प्रधानमन्त्री ओलीले आगामी बजेटमा वृद्धभत्ता बढाई बढीमा पाँच हजार पु¥याउने उद्घोष गरेका थिए । प्रधानमन्त्रीको उद्घोष सुनेर जेष्ठ नागरिकहरू हर्षित बनेका थिए ।
त्यसपछि लगत्तै प्रवक्त एवं मन्त्री बास्कोटाले छोराछोरी टन्न कमाएर बाहिर हिँड्ने बुबाआमालाई सरकारले वृद्धभत्ता दिएर पाल्ने थिति राख्न सकिँदैन र राखिँदैन भनेर बताएपछि वृद्धवृद्धाहरू निराश बनेको हो।
उता चुनावी घोषणापत्रमा नै वृद्ध भत्ता पाँच हजार पु-याउने वाचा गरेको नेकपा र ओली सरकारलाई वृद्ध भत्ता घाँडो बनेको जानकारहरूले बताएका छन् ।यतिबेला प्रधानमन्त्री ओलीको उद्घोषलाई सरकारका प्रवक्ताले वृद्धभत्ता नबढाउने संकेत गरेपछि भनाइ झुटो भन्दै फेरी विरोधका स्वरहरू निस्किन थालेका छन् ।
वृद्धवृद्धालाई झुक्याएर तिनीहरूको मन मात्र दुखाएको छैन् । ओली सरकारले आफ्नो विश्वास समेत घटाएको छ । त्यसो त वृद्ध भत्तालाई अनुत्पादकको संज्ञा दिएका मन्त्री बास्कोटाले काभ्रेमा सरकारी बजेटको ओइरो लगाएकाछन् । मत तान्नका लागि उनले यस्तो कदम चालेको हुनसक्ने बताइएको छ ।




















प्रतिक्रिया