Logo

समाचार

एनआईसी एशियाको मातातीर्थ औंशीमा क्यासब्याक अफर, अनलाइन र कार्ड भूक्तानीमा १०% क्यासब्याक



एनआईसी एशिया बैंकले मातातीर्थ औंशीको अवसरमा डिजिटल पेमेन्टमा क्यासब्याक अफर ल्याएको छ।

यो योजना अनुसार बैंकका ग्राहकले डेविट कार्ड,क्रेडिट कार्ड, अनलाइन र मोबाइल बैंकिङमार्फत भूक्तानी गर्दा १० प्रतिशत वा अधिकतम एक हजार रुपैयाँ क्यासब्याक पाउने विज्ञप्तिमा उल्लेख छ।

अनलाइन पेमेन्टबाट भूक्तानी गर्दा र बैंकको क्यूआर पेमेन्ट प्रणालीबाट भूक्तानी गर्दा १० प्रतिशत वा उच्चतम एक हजार रुपैयाँसम्मको क्यासब्याक पाइने बैंकले जनाएको छ।बैंकका अनुसार पिओएसबाट भूक्तानी गर्दा १० प्रतिशत वा उच्चतम पाँच सय रुपैयाँ क्यासब्याक पाइनेछ।यो योजना शुक्रबार र शनिबार मात्रै लागु हुने बैंकले जनाएको छ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार १६:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।