Logo

लुम्बिनी प्रदेश

गुल्मीको छापहिलेमा पहिलोपटक केन्द्रिय विद्युत पुग्याे, पहिलाेदिन २०० घरमा सफल परिक्षण



गुल्मीको छापहिलेमा पहिलोपटक केन्द्रिय विद्युत पुगेको छ । विहिबार,शुक्रबार र शनिबार ट्रान्सफर्मर चेकअफ गरी आइतबार विद्युत सफल परिक्षणका साथ पुगेको वडाध्यक्ष श्यामलाल गिरीले जानकारी दिनुभएको छ ।

छापहिले मालिका गाउँपालिकाको ५ नम्बर वडा हो । जून सदरमुकाम तम्घासबाट करिब ४२ किलोटिर टाढा पर्दछ । आइतबार छापहिलेका करिब दुई सय घरधुरीमा विद्युत पुगेको वडाध्यक्ष गिरीले बताउनुभयो । गुल्मीकै दुर्गम मानिने तथा विकासमा पछाडी परेको ठाउँमा केन्द्रिय विद्युत पुग्दा स्थानिय हर्षित भएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आईतवार १५:४०   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।